सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

काठमाडौँ, १४ जेठ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ ।

सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् ।

जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ । रासस

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: