Nepali News Portal

तेह्रथुममा पहिलोपटक सामुदायिक पुस्तकालय सञ्चालनमा

तेह्रथुम, जेठ १३
तेह्रथुमको सिंह वाहिनी उच्च माविले जिल्लामै पहिलोपटक सामुदायिक पुस्तकालय संचालनमा ल्याएपछि गाउँगाउँबाट पुस्तकालयमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या वढेको छ । उच्च मावीले सिंह वाहिनी सिरिजंघा सामुदायीक पुस्तकालयको नामवाट सदरमुकाम म्याङलुङमा संचालन गरेको पुस्तकालयमा दैनिक १ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको पुस्तकालयका महासचिव एवं उच्च मावीका प्रध्यानाध्यापक तेजबहादुर कार्कीले बताए ।

ग्रामिण शिक्षा तथा विकास कार्यक्रम (रिड) को ३८ लाख रुपैंयाँको आर्थिक सहयोगमा स्थापना गरिएको पुस्तकालयमा २ हजार ४ सय ४० पुस्तक राखिएको पुस्तकालय संचालक समितिका सदस्य पर्शुराम ओझाले बताए । पुस्तकालयमा सामान्य ज्ञान, दर्शन, सामाजीक विज्ञान, कला, साहित्य, इतिहास, भूगोललगायतका पाठ्पुस्तक राखिएको छ । पुस्तकालय स्थापनापछि आर्थिक अभावका कारण पुस्तक किनेर पढ्न नसक्ने विद्यार्थीहरुका लागि ठूलो राहत मिलेको पुस्तकालयले जनाएको छ ।

यो पनि हेर्नुहोला: