Nepali News Portal

पानीमा डुबेर बालिका गम्भीर घाइते

विराटनगर, चैत २३
मोरङको सुन्दर–हरैंचा नगरपालिका–४, बाँसबारीमा मंगलबार एक बालिका पानिमा डुबेर घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने वीरबहादुर मगरकी १८ महिनाकी छोरी गम्भीर आयुषा मगर रहेकी छन् ।

उनी घरनजिकै रहेको कुलोमा खेल्नेक्रममा अचानक डुबेकी थिइन् । घाइते बालिकाको लाइफगार्ड अस्पताल, विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीले जनाएको छ ।

यो पनि हेर्नुहोला: