सुनको भाउ बढ्यो

काठमाडौं, चैत २३
बुधबार सुनको भाउ बढेको छ । हिजोको तुलनामा आज सुन प्रतितोलामा सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोलामा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय १५ रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: