मुसहरलाई ‘नयाँ वर्षमा नयाँ घर’ उपहार, बस्तीको निर्माण कार्य अन्तिम चरणमा

तस्बिर : सीताराम कट्टेलको फेसबुकबाट

महोत्तरी, चैत २३
महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माणाधीन मुसहर बस्तीको निर्माण कार्य अन्तिम चरण्मा पुगेको छ । हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा बनिरहेको बस्तीको अधिकांश कार्य सकिँदै गएको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष धुर्मुसले जनाएअनुसार बस्तीको बाँकी काम सकेर आगामी वैशाख १ गते स्थानीय बासिन्दालाई बस्ती हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनका अनुसार बस्ती हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आतिथ्यमा हस्तान्तरण गरिने छ ।

बुधबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले बस्तीको निर्माण कार्य लगभग सकिएको जानकारी दिएका छन् । साथै, उनले बस्ती आफ्ना मातापिता र जनकपुरधाम सफाई अभियन्ता पत्रकार रामआशीष यादवको हातबाट हस्तान्तरण गर्ने पनि जनाएका छन् ।

करिब ५४ घरपरिवारलाई बस्न मिल्ने गरी बनाइएको एकीकृत नमूना बस्तीका लागि अझै पनि केही रकम अभाव भएको भन्दै फाउन्डेसनले सहयोगनिम्ति अनुरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: