Nepali News Portal

सोसिडाडमाथि एथ्लेटिको मड्रिडको जित, बार्सिलोनासँग अंक दूरी घटायो

विराटनगर, चैत २३
स्पेनिस क्लब फुटबलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई हराएको छ । र, लिगको दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी कम गरेको छ ।

लिगअन्तर्गत मंगलबार राति भएको खेलमा मड्रिडले सोसिडाडलाई १–० ले पन्छायो । एथ्लेटिकोको जितमा फिलिप लुइसले गरेको गोल नै पर्याप्त बन्यो । ला लिगामा एथ्लेटिकोको यो लगातार पाँचौं जित हो ।

जितपछि तेस्रो स्थानको एथ्लेटिकोले ३० खेलबाट ६१ जोडेको छ । साथै, यो जितसँगै उसले चौथो स्थानको सेभिल्लाभन्दा ३ अंकले अघि रहेको छ भने दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी ५ झारेको छ ।

बार्सिलोनाले २९ खेलबाट ६६ अंक जोडेको छ । शीर्ष स्थानको रियल मड्रिडले २८ खेलबाट ६८ अंक बटुलेको छ । यद्यपि, उसले एथ्लेटिको र बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

यो पनि हेर्नुहोला: