fbpx

ब्रिटिस मोडलले यस्तो तस्विर सामाजिक सञ्जालमा राखेपछि तिब्र आलोचना

विराटनगर, १ फागुन । ब्रिटिस मोडल तमरा एकलेस्टनले आफ्नी छोरीलाई स्तनपान गराएको तस्विर सामाजिक संजालमा राखेपछि आलोचना भएको छ ।

उनको तस्विरले सार्वजनिक रुपमा महिलाले स्तनपान गराउन हुने या नहुने एक पटक फेरी यो पुरानो बहस ताजा गराएको बीबीसीले लेखेको छ । ३२ वर्षकी एकलेस्टनले २ वर्षकी छोरी सोफियालाई स्तनपान गराएको तस्बिर इन्स्टाग्राममा अपलोड गरेकी थिईन । तस्बिर अपलोड गर्ने वित्तिकै उनका कयौं फ्यान उनी विरुद्ध उत्रिए । लगत्तै उनले अर्काे यस्तै तस्बिर अपलोड गरिन । उनको खुब आलोचना भयो । आफ्नो तस्बिर व्याख्या गर्दै उनले स्तनपानलाई प्रेम अनि पालनपोषणको बलियो प्रतिक भएको बताइन । यो प्रतिकलाई सामान्यबाट लाजमर्दाे रुपमा स्थापित गरिएको उनले लेखेकी छिन ।

केही व्यक्तिले स्तनपानलाई सार्वजनिक रुपमा प्रोत्साहित गर्नुको सट्टा यसमाथी प्रश्न खडा गरे । स्वास्थ्यको हिसाबले ३ वर्षसम्मको बच्चालाई अनिवार्य स्तनपान जरुरी मानिन्छ । कतिले त शिशुप्रति गरिएको यस्तो व्यवहार ठिक भएन भन्दै तस्विरमा प्रतिक्रिया दिनसमेत भ्याए। कतिले भने तस्बिरको बचाउ गर्दै प्रतिक्रिया दिएका छन । तमाराले लेखिकी छिन्, ‘मेरो तस्विरमा जस्तो खालको टिप्पणी आएको छ म आश्चर्यमा छु । मान्छे सोच्छन् कि मैले स्तनपानको सट्टा बोत्तलको दूध दिनु पर्नेथियो । म कहिल्यै कसैलाई बोत्तलमा जाने सल्लाह दिन्न । ’

Koshi Online

FREE
VIEW