fbpx

यमबुद्धको यस्तो छ मार्मिक जीवनी

काठमाडौं, ३ माघ । संसार भरका नेपालीहरुविचमा यमबुद्धको नामबाट परिचित अनिल अधिकारी पत्याउनै गाह्रो हुनेगरी यस संसारवाट बिदा भए ।

लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शनिवार विहान बाथरुममा झुण्डिएको अवस्थामा भेटिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारी शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमती अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्काे चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो । यद्यपी मृत्युको कारणबारे भने खुल्न सकेको छैन । सन् २००९ मा विद्यार्थी भिजामा लन्डन गएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके गएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी । आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेका थिए ।

अधिकारीको शव हार्राेमा रहेको नर्थविक पार्क अस्पतालमा राखिएको छ । उनको पोष्टमार्टम बुधबार मात्र हुनेछ । उनको निधनको कारण पोष्टमार्टम पछि मात्रै थाहा हुने बताईएको छ । तर झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टि नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् । सन् २०११ साथी बोलको गीतबाट यमबुद्धले चर्चा पाएका थिए । उनका आमा, फुटपाथ मेरो घर, यो प्रशंगसहितका गीत चर्चित छन् । उनका एकादेशमा र यमबुद्ध मिक्सटेप गरी दुई एल्बम निस्किएका छन् । उनी नयाँ एल्बम ‘खतरा’ को तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीतहरु चर्चित छन् ।

नाम यसरी जुर्याे 


यमबुद्ध विदेशमा भएको बेलामा यही क्षेत्रका साथी भाईहरूसँगको वसाईका क्रममा दोहोरी चल्यो । फेसबुकमा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा बुद्धको नाम देखें त्यहाँ पनि बुद्धलाई चिन्दा रहेछन् । यो कुराले मलाई उनलाइ छोयो । बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात (राक्षस र देवता)को दुवै गुण हुने बुद्ध देवता अर्थात शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यमबुद्ध भई यो नाम जुर्न पुगेको हो ।

यस्तो भनेका रहेछन् ‘यमबुद्ध’ ले आत्महत्या गर्नु अघि साथीसँग फेसबुक च्याटमा
चर्चिर्त याप गायक अनिल अधिकारी “यमबुद्ध” ले आत्महत्या गर्नु केहि दिन अघि आफ्नो साथीसंग गरेको फेसबुक च्याट बाहिरिएको छ । अधिकारीले सन् २०१७ को अन्त्य आफ्नो लागि निकै नै सुखद् हुने कुरा साथीसंग सामाजिक संजाल फेसबुकमा च्याट मार्फत जनाएका छन् ।
उनले उक्त फेसबुक च्याटमा भनेका छन् – ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन्, किनकी मैले विश्वका चर्चित ठूला –याप गायकहरु– ‘स्नूप डग’, रेड म्यान र अन्य –याप स्टारसंग काम गर्दैछु ।’

उनको यस भनाईले उनि कुनै ठुलो मानसिक तनावमा रहेको जस्तो पनि देखिन्छ । या उनले आफ्नो सफलाको डाह गर्ने वा उनलाई कुनै हिसाबले मानसिक तनाव दिने मानिसहरुलाई इंकित गरेर ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन’ भनेको हुनु पर्छ । उनले पुनः तल लेखेका छन् – ‘मलाई त्यस्ता मानिस आवश्यक सम्म नि पर्दैनन् त्यसकारण म धेरै खुसि छु, कमसेकम मेरा निकट साथी त खुसि नै हुनेछन् ।’

Koshi Online

FREE
VIEW