मोरङ एमालेको आठौं अधिवेशन : मतदान अन्तिम चरणमा

विराटनगर, पुस २७ ।
विराटनगरमा जारी एमाले मोरङको आठौं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

बुधबार दिउ“सोदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको विद्यार्थी नेता ओसिम आलमले जनाए । मोरङ एमालेमा विनोद ढकाल र महेश रेग्मीको समूहबीच प्रतिस्पर्धा भइरहेको छ । विराटनगरको अतिथि सदनमा भइरहेको मतदानमा ८ सय ८२ जना प्रतिनिधि सहभागी छन् ।

आ–आफ्ना पक्षका उमेदवारहरूलाई जिताउन दुवै पक्षका समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: