अन्तिम कप्तानीमा धोनीले बनाए नयाँ रेकर्ड

एजेन्सी
विराटनगर, पुस २७ ।
भारतका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीको अन्तिम खेलमा इङ्ल्यान्डविरूद्ध रनको नयाँ रेकर्ड बनाएका छन् । इङ्ल्यान्ड ११ विरूद्धको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले कप्तान धोनीको अभिजित ६८ रनको सहयोगमा ३०४ रन बनायो ।

अन्तिम ओभरमा धोनीले २३ रन बनाएका थिए । २ छक्का र २ चौका प्रहार गरेका धोनीले ६ बलमा २३ रन बनाएका थिए । जुन अहिलेसम्म भारतीय कप्तानले अन्तिम ओभरमा प्रहार गरेको सर्वाधिक रन हो ।

३०४ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले खेल सकिन ७ बल बाँकी छँदै ३०७ रन बनाएर खेल जितेको थियो । ३ विकेटले हारे पनि मन भने कप्तान धोनीले जितेका थिए ।

ब्रेबोर्न स्टेडियममा भएको खेलमा धोनीले प्रहार गरेको रनको रेकर्ड अहिलेसम्म कुनै पनि कप्तानले बनाएका थिएनन् । यस्तै, धोनीले वान डे खेलमा कुनै पनि एक ओभरमा प्रहार गरेको सर्वाधिक रन पनि यही हो । यसअघि उनले अस्ट्रेलियाविरुद्ध एकै ओभरमा २१ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: