विरेन्द्र हमालद्धारा निर्देशित फिल्म ‘सारङ्क’ को फस्टलुक सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं, २७ पुस । चलचित्र ‘सारङ्क’ को फस्टलुक सार्वजनिक भएको छ । कलाकार विरेन्द्र हमालद्धारा निर्देशित फिल्म निर्माण सम्पन्न भएको झण्डै २ बर्षपछि पोष्टर, ट्रेलर र गीत रिलिज गरिएको हो ।

सपना सिंह ठकुरी, सुवर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारको अभिनय रहेको फिल्म अमेरिकामा प्रिमियर भएपछि नेपालमा रिलिज गरिने निर्देशक हमालको भनाई छ । सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा विष्णु बाँस्तोलाको छायांकन, विरेन शाक्यको संगीत र किरण दाहालको एक्सन छ । निर्देशक हमालले काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र देशभक्तिले भरिएको बताए । ‘सारङ्क’को अर्थ माहुरीको झुण्ड हो ।

                         

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: