मेसिनमा च्यापिएर भारतीय मजदुरको मृत्यु

महोत्तरी, पुस २७ ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मंगलबार राति उखु झार्ने अनलोडर मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

मंगलबार राति करिब ९ बजेतिर उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्नेक्रममा अनलोडर मेसिनमा च्यापिएर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ ।

मजदुर तिवारीको च्यापिएर क्षतविक्षत भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शव परीक्षणनिम्ति जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाले जनाएको छ ।

यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर संघ अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन कम्पनीसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: