मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

महोत्तरीको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हवल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए।

गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हवल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेका थिए। घाइते हवल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो ।
-रासस

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: