किन आउँछ हाइ ?

मानिसलाई बारम्बार हाइ आउँछ । सामान्यतया अक्सिजनको अभावले हाइ आउने गरेको मानिन्छ । तर, हाइ काढ्नु श्वासप्रश्वासभन्दा बेग्लै कुरा हो ।
हाइ आउनुका कारण :

– यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ जस्तै नजिक बस्दा हाइ सर्छ । सन् २०११ मा गरिएको एक अध्ययनले हाई काढ्दा परिवारका सदस्य, साथीहरुबीच सर्ने गरेको खुलाएको थियो । नजिकैको मानिसले हाइ काढेको केही मिनेटपछि अर्काे मानिसलाई पनि हाइ आउने अध्ययनमा उल्लेख छ ।

– हाइ काढ्दा दिमागलाई थप ऊर्जा मिल्ने वैज्ञानिकहरु बताउँछन । सुत्न वा दिमागलाई शितल पार्न हाइ आइरहन्छ ।

– अस्वभाविक रुपमा निरन्तर वा लामो हाइ आएमा मात्र स्वास्थ्य समस्या बिग्रँदैछ वा बिग्रिएछ भनेर बुझ्नु राम्रो हुनेछ । मृगी रोगका बिरामी र शरीरको कोष असामान्य भएका मानिसले अत्याधिक हाइ काढ्ने विज्ञहरु बताउँछ । टाउको दुख्ने, एन्जाइटी हुने मानिसको दिमाग तातो हुने भएकाले उनीहरुलाई बढी हाइ आउन सक्छ ।

– लामो र ठूलो हाई काढ्ने स्तनधारी प्राणीको ठूलो दिमाग हुने अनुसन्धानकर्ताले पत्ता लगाएका छन । यदि हाइ काढ्दा दिमाग शान्त हुने हो र दिमागलाई ऊर्जा प्राप्त हुने हो भने स्वभाविक रुपमा ठूलो दिमाग हुनेहरुलाई बढी अक्सिजनको आवश्यकता पर्छ । त्यसकारण ठूलो र लामो हाई आउँछ भने दिमाग पनि ठूलो छ भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: