तपाईको जीवनमा आउन सक्ने यी चार अवस्था, चाणक्य भन्छन् भागिहाल्नुहोस

काठमाडौं, २७ पुस । पूर्वीय नीति शास्त्री चाणक्यले जीवनशैलीलाई नियन्त्रित गर्न धेरै नियमहरु बताएका छन । यहाँ उनै चाणक्यले वर्णन गरेका चार अवस्थाहरुको बारेमा चर्चा गरेका छौं । तपाईलाई थाहा छ नि कहिलेकाँहि सहि समयमा सहि निर्णय गर्न सकिएन भने कति ठुलो मुल्य चुकाउनु पर्छ भनेर । हो चाणक्यले तिनै अवस्थाको व्याख्या गरेका छन् यदि यस्तो चार अवस्था आयो भने बसेको ठाउँ तत्काल छोड्नु उपयुक्त हुन्छ ।

– तपाइँ बसेको ठाउँमा भोकमरी शुरु भयो वा अनिकाल पर्याे भने त्यहाँबाट हिँड्नु नै उपयुक्त हुन्छ ।

– दंगा वा तनावको अवस्था आयो भने त्यसको शिकार हुनु भन्दा त्यस्तो ठाउँबाट भागि हाल्नु बुद्दीमानी हुने चाणक्यले बताएका छन ।

– खराव प्रवृत्तिको वा नीच चरित्रको मानिस तपाई बसेको ठाउँमा छ भने त्यहाँबाट अन्यत्र लाग्नु नै बुद्धिमानी हुन्छ भनेर चाणक्यले भनेका छन् ।

– चाणक्यले राज्य विस्तारको पालामा भनेका थिए यदि तपाइँ बसेको राज्यमा अर्काे राज्यको सेनाले धावा बोल्यो भने पनि त्यहाँबाट भाग्नु नै उपयुक्त हुन्छ । आक्रमण हुँदा पनि त्यही बसिरहेमा ज्यानको समेत असुरक्षा पैदा हुन सक्छ । अहिलेको अवस्थामा पनि जहाँ विरोधीहरुले आक्रमण गर्छन् त्यहाँबाट भाग्नु उपयुक्त हुन्छ । किनकी जब प्राण रहन्छ तब मात्र शत्रुहरुलाई तह लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: