Nepali News Portal

पृथ्वी जयन्तीमा बिदा दिन सकारात्मक छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २६ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सबैको सहमति खोज्न प्रयास गर्ने बताएका छन् ।

पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री दाहालले त्यसको पूर्वसन्ध्यामा आफू पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सकारात्मक रहेको बताएका हुन् ।

चितवनको भरतपुर उमपहानगरपालिकाको तेस्रो नगर परिषद् उद्घाटन गर्दै प्रचण्डले नेपाल एकीकरणको श्रेय पृथ्वीनारायणलाई जाने भन्दै उनको प्रशंसा गरे ।

त्यसक्रममा पृथ्वी जयन्तीमा बिदा दिनेबारे दुईपटक मन्त्रीपरिषद्मा कुरा भए पनि निर्णयमा नपुगिएको उनले बताए । ‘सबैसँग छलफल गरी सर्वमान्य बनाई घोषणा गर्नेछौं, म एक्लैले यसमा निर्णय दिन सक्दिनँ,’ प्रचण्डले भने ।

यो पनि हेर्नुहोला: