माछापुच्छ्रे बैंकले ग्राहकलाई दिएको रकमको बन्डलमा हजारका नक्कली नोट

image by onlinekhabar.com

झापा, पुस २६ ।
‘क’ वर्गको वाणिज्य बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको पाइएको छ । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको माछापुछ्रे बैंकको शाखा कार्यालयले ग्राहकलाई नक्कली नोट दिएको पाइएको हो । बैंकले सोमबार बिर्तामोडका तीर्थ अधिकारीलाई उपलब्ध गराएको रकमको बन्डलमा १ हजारको नक्कली नोट फेला परेको हो ।

सोमबार कुमार थापाको खाताबाट रकम निकाल्न अधिकारी चेक लिएर दिउँसोतिर बैंक पुगेका थिए । उनले त्यहाँबाट लाख रुपैयाँ निकालेर तुरुन्तै उक्त रकम जम्मा गर्न जनता बैंक पुगे ।

तर, जनताका बैंकका कर्मचारीले उनले लगेको नोट नक्कली भन्दै जम्मा गर्न मानेनन् । रकम जम्मा गर्नेक्रममा त्यहाँका कर्मचारीले बन्डलमा हजारको नक्कली नोट रहेको पत्ता लगाएका थिए । अधिकारले जनता बैंकका कर्मचारीले आफूले जम्मा गर्न लगेको नोट नक्कली भएको भन्दै जम्मा गर्न नमाएको बताए ।

बैंकका कर्मचारीले नक्कली भनेर रकम जम्मा गर्न नमानेपछि अधिकारी तुरुन्तै माछापुच्छ्रे बैंक पुगे । तर, त्यहाँका कर्मचारीले आफैंले दिएको नोट लिन मानेनन् ।

अधिकारीका अनुसार बैंकमा कर्मचारीले रकम लिएर बाहिर गइसकपछि नक्कली÷सक्कली जे भए पनि फिर्ता नहुने ढिट कसे ।

यता, बैंकले भने नक्कली भनिएको नोट बैंकले नलिने जनाएको छ । बाहिर गइसकेको नोट कुनै पनि हालतमा फिर्ता लिन नमिल्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: