Nepali News Portal

भू–संरक्षण अधिकृत चितवनको जंगलमा मृत फेला

चितवन, पुस २६ ।
भू–संरक्षण कार्यालय, स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम चितवन मृत अवस्थामा फेला परेका छन् ।पर्वत राम्जा देउराली–३ घर भएका ४५ वर्षीय गौतम सातादेखि सम्पर्कविहीन थिए ।

चितवन प्रहरीका अनुसार गौतमको शव सोमबार साँझ चितवनस्थित रामनगर जंगलमा फेला परेको थियो । गौतम सरकारी कामका लागि भन्दै यही पुस १८ गते उनी कार्यालयबाट हिँडेको बताइएको छ ।

तर, सातादिनसम्म पनि घर÷कार्यालयमा नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोला: