Nepali News Portal

लोकमानलाई ‘कालोमोसो दल्ने’ युवालाई महिनादिन जेल

काठमाडौं, पुस २५ ।
लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने विप्लव माओवादीका दुईजना कार्यकर्तालाई सर्वोच्च अदालतले महिनादिन जेल सजाय फैसला गरेको छ ।

पुस ८ गते अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढालाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले महिनादिनको कैद सजाय सुनाएको हो ।

आफूविरुद्धको मुद्दामा पेशी दिन अदालत पुगेका कार्कीलाई शाही र बुढाले पुस ८ गते कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए । उनीहरूलाई प्रहरीले घटनास्थलबाटै पक्रेको थियो ।

तर, त्यही दिन कार्कीले भने विज्ञप्ति निकालेर ‘उनीहरू कारिन्दा हुन्, छाड्दिनू’ भन्ने उनीहरूलाई कारबाही नगर्न प्रहरीलाई भनेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...