Nepali News Portal

विपक्षी दलको विरोधबीच संविधान संंशोधन विधेयक संसद्मा पेश

काठमाडौं, पुस २४ ।
नेकपा एमालेसहितका विपक्षी दलहरूको विरोधबीच व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक पेश भएको छ ।

सर्वोच्चको आदेशपछि संसद्को आइतबारको बैठक सुचारु भएको थियो । बैठक सुरु भएलगत्तै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो । सँगै, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरिएको छ ।

तर, संसद् संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश हुनेबित्तिकै एमालेसहितका विपक्षी दलका सांसद्हरू आ–आफ्नो ठाउँबाट उठे । र, विरोध गरे ।

त्यसक्रममा सभामुखले कार्यसूची अगाडि बढाउनासथ विपक्षी दलका सांसदहरूले नाराबाजी गरे । त्यसलगत्तै विपक्षी सांसदहरूको होहल्ला चलिरहँदा सभामुखले संशोधनविरुद्ध परेका दुई निवेदन अस्वीकृत भएको घोषणा गरिन् ।

त्यसपछि कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक संसद्मा टेबल गरेका छन् । र, आजको संसद् बैठक सएिको छ । सभामुख ओनसरी घर्ती मगरले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि डाकेकी छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...