युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग

खोटाङ, पुस ६ ।
जिल्लाका दुईजना युवाको अगुवाईमा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ ।

दिक्तेल नगरपालिका–९ बस्ने सुरेश कार्की र नरेन्द्र कार्कीले आपसमा मिलेर संयुक्त रूपमा हलेसी साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगका लागि उनीहरूले कच्चा पदार्थ काठमाडौंबाट ल्याउने गरेको सुरेश कार्कीले जानकारी दिए ।

अर्का उद्योग सञ्चालक नरेन्द्र कार्कीका अनुसार प्रारम्भिक चरणमा झन्डै ७ लाख रुपैयाँ खर्चेर उद्योग स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: