बिहिबार, चैत्र १०, २०७३
Home / राजनीति

राजनीति

चिनियाँ रक्षामन्त्री काठमाडौंमा, ३ दिन नेपाल रहने

काठमाडौं, चैत १० चिनीयाँ रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने नेपाल भ्रमणनिम्ति बिहीबार काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको हो । आज अपराह्न चाङलाई स्वागत गर्न रक्षामन्त्री खाँड आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । चिनियाँ रक्षामन्त्री चाङले आजै …

Read More »

सातदिने भ्रमणका लागि प्रधानमन्त्री आज चीन प्रस्थान गर्दै

काठमाडौं, चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सातदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री दाहाल बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् । त्यसक्रममा उनले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण कार्यक्रमअनुसार …

Read More »

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नहुने

काठमाडौं, चैत ९ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि चीन भ्रमणमा निस्कदैछन् । तर, उनको चीन भ्रमणक्रममा दुई देशबीच कुनै सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने भएको छ । सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार प्राविधिक कारणले कुनै सम्झौतामा औपचारिक हस्ताक्षर नहुने पक्का भएको हो । प्रम दाहालको भ्रमण दलका सदस्यसमेत रहेका …

Read More »

एमाले मोरङको कार्यसमिति विस्तार

विराटनगर, चैत ९ नेकपा एमाले मोरङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जना थपिएको जानकारी दिएका हुन् । त्यसक्रममा अध्यक्ष ढकालले जिल्लाका ९ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्जसमेत तोकिएको बताए । त्यसैगरी, पार्टीका विभिन्न फाँट, …

Read More »

मधेसीलाई छाडेर निर्वाचनमा गए रक्तपात हुन्छ : राजेन्द्र महतो

भक्तपुर, चैत ८ नेपाल सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेसीलाई छाडेर सरकार निर्वाचन गराउनतर्फ लागे रक्तपात हुने बताएका छन् । रफत सञ्चार क्लबमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा नेता महतोले मधेसको मागलाई बेवास्ता गरेर सरकार र ठूला दल निर्वाचनमा गए मधेसमा सुरु हुने आन्दोलनले रक्तपात निम्त्याउने बताएका हुन् । ‘मधेसको माग …

Read More »

आयोगको निर्णयविरुद्ध राप्रपा मोरङद्वारा विरोध प्रदर्शन

विराटनगर, चैत ८ राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजतन्त्र र हिन्दूधर्म हटाउने निर्णय गरेको विरोधमा आज विराटनगरमा विरोध प्रदर्शन भएको छ । उक्त विरोध र्यालीले विराटनगर बजार परिक्रम गरेपछि विरोधसभामा परिणत भएको थियो । उत्तः विरोधसभामा पार्टीका केन्द्रीय सदस्य प्रह्लाद साह, गोपाल दाहाल र दिनेश साहले …

Read More »

राप्रपा कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप, आधा दर्जन घाइते

काठमाडौं, चैत ७ पार्टीको विधानबाट ‘हिन्दू धर्म र राजसंस्था’ शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको प्रदर्शनमा तनाव उत्पन्न भएको छ । कान्तिपथस्थित निर्वाचन आयोग घेराउ गर्न पुगेका राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको हो । राप्रपा कार्यकर्ताले प्रहरी घेरा तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा …

Read More »

मधेसी मोर्चाद्वारा व्यवस्थापिका बैठक बहिष्कार

काठमाडौं, चैत ६ व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन् । सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आ-आफ्ना स्थानबाट उठ्नुभएको थियो । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका …

Read More »

लिम्बुवानी नेता छाराहाङको निधन

विराटनगर, चैत ६ अरुणपूर्वका ९ वटा जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्बुवान नेता कमल छाराहाङको हिजो (शनिबार) निधन भएको छ । धनकुटाको आठपरियामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जानेक्रममा छाराहाङलाई हृदयाघात भएको थियो । लगत्तै उनलाई उपचारनिम्ति विराटनगरस्थित न्युरो अस्पताल ल्याइएको थियो …

Read More »

आज स्थानीय निकायसँग सम्बन्धित दुई विधेयक पारित हुँदै

काठमाडौं, चैत ६ आज बस्ने व्यवस्थापिका संसद्को बैठकले स्थानीय निकायसँग सम्बन्धित महत्त्वपूर्ण दुईटा विधेयक पारित गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजको बैठकमा निर्वाचन क्षेत्र निर्धारण विधेयक पेश गर्दैछन् । त्यसैगरी, आजै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पेश गर्दैछन् । …

Read More »