आइतवार, चैत्र १३, २०७३
Home / प्रवास

प्रवास

मलेसियामा २३ तले भवनबाट खसेर नेपाली युवाको ज्यान गयो

मलेसिया, चैत ११ मलेसियाको पुत्राजयस्थित निर्माण हुँदै गरेको २३ तले अग्लो भवनबाट खसेर एका नेपालीको ज्यान गएको छ । त्यहाँको एन्टिकरप्सन कमिसन बिल्डिङबाट खसेर नेपाली युवा ३१ वर्षीय भीमबहादुर कटुवालको शुक्रबार बिहान ज्यान गएको हो । स्थानीय समाचार पोर्टल ‘द स्टार डट कम डट माई’ले जनाएअनुसार भीम तल काम गरिरहेका …

Read More »

दुबईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं, चैत ६ संयुक्त अरब इमिरेट्स (युएई) को अलऐन प्रान्तमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । कञ्चनुपर दैजी–२, बसन्तथलाका निराजन शाहीको गत बिहीबार राति कार दुर्घटनामा परेर मृत्यु भएको हो । उनी युनाइटेड सेक्युरिटी ग्रुप कम्पनी अलऐनमा कार्यरत रहेको बताइएको छ । उक्त दुर्घटनामा परी अन्य २ …

Read More »

दिल्लीमा नेपाली महिलालाई सामूहिक बलात्कार गर्ने पाँच पक्राउ

नयाँदिल्ली, चैत ३ दिल्लीमा बसोबास गर्ने नेपाली महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्रेको छ । कल सेन्टरमा काम गर्ने ५ जनाले नेपाली महिलालाई शनिबार राति भाडाको फ्ल्याटमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा घटनामा संलग्नलाई आइतबार दिल्ली प्रहरीले पक्रेको ‘हिन्दूस्तान टाइम्स’ले लेखेको छ । पक्राउ पर्नेमा नवीन कुमार, …

Read More »

भारतमा एक नेपाली मृत फेला

बैतडी, फागुन २० मजदुुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक भारतमा मृत भेटिएका हुन् । दार्चुला प्रहरीका अनुसार बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकामनजिकै महाकाली नदीमा हामफालेका थिए । भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा उनको …

Read More »

भारतमा एक नेपाली मृत भेटिए

बैतडी, फागुन १५ भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका …

Read More »

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडौं, फागुन ११ चितवनको दारेचोक–४, पानीघट्टाका समीर गुरुङको मलेसियामा मृत्यु भएको छ । ९ महिनापहिले रोजगारीनिम्ति मलेसिया गएका गुरुङको सडक दुर्घटनामा परी मृत्यु भएको हो । आइतबार बेलुका बाहिर खाना खाएर कोठा फर्किनेक्रममा बाटो काट्दा गाडीले उनलाई ठक्कर दिएको थियो । २१ वर्षीय गुरुङको शव अस्पतालमा राखिएको सँगै कार्यरत अनमोल …

Read More »

सप्तरीको जमुनी मधेपुरा घर भएका एक युवकको कतारमा मृत्यु

राजविराज, ९ फागुन । सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । वैदेशिक रोजगारको सिलसिलामा एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर …

Read More »

अस्ट्रेलियाको समुद्री तटमा नेपाली छात्राको शव भेटियो, एक युवक बेपत्ता

अस्ट्रेलिया, फागुन ३ अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । साथै, एक युवकसमेत बेपत्ता रहेको बताइएको छ । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा को हुन् भन्नेबारे यो समाचार तयार पर्दासम्म केही खुलेको छैन । कलेज स्रोतका अनुसार …

Read More »

पपुवा न्युगिनीद्वारा एक नेपालीलाई देश निकाला, एकजना भागे

काठमाडौं, माघ २७ पपुवा न्युगिनीले एक नेपालीलाई देश निकाला गरेको छ । अर्का एकजना भागेका छन् । पपुवा न्युगिनीको मुनासस्थित अस्ट्रेलियन शिविरमा शरणार्थी बनेर नेपालीसहित करिब ६० जना आश्रय लिन खोजिरहेको बताइएको छ । तर, त्यहाँको सरकारले उनीहरूलाई शरणार्थी बन्न अयोग्य ठानेको छ । ‘दि गार्डियन’का अनुसार पपुवा न्युगिनीको स्थानीय …

Read More »

जापानमा १० महिनामा १२ नेपालीले ज्यान गुमाए

जापान, माघ २२ जापानमा १० महिनाको अवधिमा १२ जना नेपालीले ज्यान गुमाएका छन् । फरक–फरक उद्देश्यले जापान आइपुगेका उनीहरूले ज्यान गुमाएका हुन् । सन् २०१६ जनवरी १ देखि अक्टोबर ३० सम्मको अवधिमा पर्यटन, पारिवारिकदेखि रोजगार, अध्ययन र व्यवसाय गर्ने उद्देश्को भिसामा जापान आएका १२ जनाले ज्यान गुमाएको जापानस्थित नेपाली राजदूतावास …

Read More »