शनिबार, फाल्गुन १४, २०७३
Home / छापाबाट

छापाबाट

काठमाडौं–तराई फास्ट ट्र्याक : ७० किलोमिटर सडकखण्डमा गाडी चलाउने सरकारको तयारी

विराटनगर, फागुन १४ नेपाली सेनाले खोलेको काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ । काठमाडौं–तराई-मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–निजगढ हुँदै लेनडाँडासम्म सुक्खायाममा यातायात …

Read More »

जेल बस्दा करोडौंबाट उन्मुक्ति

विराटनगर, फागुन १४ काठमाडौं । प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्‍यो । फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुुबाट पक्राउ परिन् । कैद सजाय भोगिसकेपछि पनि उनी जेलमै छिन् । आजको अन्नपूर्ण …

Read More »

शव कुल्चिँदै हिमाल यात्रा

विराटनगर, फागुन १४ धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने। अन्नपूर्ण पोष्ट दैनिक लेख्छ- अघिल्लो …

Read More »

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा

विराटनगर, फागुन १४ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको राजधानी दैनिकमा समाचार छ । सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । …

Read More »

निर्वाचनका लागि २५ हजार मतपेटिका अभाव

विराटनगर, फागुन १४ स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ। आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन्। आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ । ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि …

Read More »

अमेरिकामा ‘देश छाड’ भन्दै गोली हानी हत्या

विराटनगर, फागुन १४ अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन्। आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ । कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको …

Read More »

सुविधासम्बन्धी विवादित विधेयक पुन : संसद्मा

विराटनगर, फागुन १४ विवादित बनेपछि फिर्ता भएको पूर्व विशिष्ट व्यक्तिको सेवा, सुविधासम्बन्धी विधेयक सरकारले पुनः संसद् सचिवालयमा दर्ता गरेको छ । विधेयकमा प्रस्तावित सुविधामा आलोचना भई फिर्ता भए पनि सरकारले पूर्वपदाधिकारीको सुविधा थप गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको हकमा मासिक वृत्तिको व्यवस्थासमेत गरिएको छ । तजबिजी अधिकारबाट सुविधा दिने …

Read More »

नेपालमा मासिक २ अर्बको मोबाइल आयात

विराटनगर, फागुन १४ बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो। माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ। आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ …

Read More »

राजधानीका कुन क्याम्पसमा कति मतदाता ?

विराटनगर, फागुन १३ स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुन क्याम्पसमा कति मतदाता छन् भन्ने विवरण आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । हालसम्म नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये शंकरदेवमा सबैभन्दा धेरै मतदाता रहेको देखाइएको छ । शंकरदेवमा कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको समाचारमा …

Read More »

काठमाडौं महानगरपालिकामा अब ३२ वडा

विराटनगर, फागुन १३ स्थानीय तह पुनर्संरचना आयोगले काठमाडौं महानगरपालिकालाई ३२ वडामा बिभाजन गरेको छ । यसअघि काठमाडौंमा ३५ वडा थिए । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले महानगरपालिकालाई ३२ वडाको सीमासहितको प्रतिवेदन दिँदै महानगरपालिका भरि कतिवटा मतदान केन्द्र राख्न सकिन्छ भन्दै सिफारिस गर्न माग गरेको आजको राजधानी दैनिकमा समाचार छ । महानगरपालिकाका …

Read More »