मङ्लबार, फाल्गुन १०, २०७३
Home / पूर्व (page 55)

पूर्व

ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर– चालकमाथि कारबाही

लहान, ९ कात्तिक । जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि कारबाही गरेको छ । सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख …

Read More »

हवाई उडानमा यात्रुको चाप बढ्दो

भोजपुर, ९ कात्तिक । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । भोजपुरदेखि काठमाडाँै र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको …

Read More »

दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

गाईघाट (उदयपुर), ९ कात्तिक । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले …

Read More »

दिक्तेलका अपाङ्ग सामूहिक खेतीतर्फ

खोटाङ, ९ कात्तिक । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय तेजबहादुर आचार्यको ४० रोपनी जग्गा वार्षिक रु ७० …

Read More »

पाँचथरमा काबेली करिडोर आयोजनामा अवरोध, मुआब्जाको माग

पाँचथर, ९  कात्तिक । मुआब्जाको माग गर्दै स्थानीयहरुले हाइटेनसन लाइनको निर्माण अवरुद्ध गर्दा पाँचथरमाको काबेली करिडोर आयोजना प्रभावित बनेको छ । स्थानीय नागरिकबाट मुआब्जाको माग गर्दा काबेली प्रसारण लाइनको निर्माण कार्य प्रभावित भएको हो । झापाको लखनपुर देखि पाँचथरको अम्मरपुरसम्मको ९० किलो मिटर दुरीकोे काबेली प्रसारण लाइन अवरोध गरेका हुन । १ …

Read More »

राजमार्गमै भत्केको कल्भर्ट नबन्दा सवारी आवागमनमा जोखिम

काँकडभिट्टा (झापा), ८ कात्तिक । पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रमा कल्भर्ट भत्किएको एक महिना बितिसक्दासमेत सम्बन्धित निकायले बनाउने चासो नदिँदा सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन् । गत असोज ५ गते अविरल वर्षाका कारण बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्कियो । सडक विभागले तत्कालै जेसिबी लगाएर पुरपार …

Read More »

हतियार कारोबार गर्ने भारतीय नागरिक पक्राउ

लहान, ७ कात्तिक । नेपालभित्र अवैधरुपमा हातहतियारको कारोवार गर्नुका साथै सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । हातहतियार कारोवार गरेको भन्दै लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत निवासी ४५ वर्षीय राजदेव यादवलाई प्रहरीको विशेष …

Read More »

चालिस प्रतिशत चर्पी प्रयोगविहीन अवस्थामा

उदयपुर, ७ कात्तिक । उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन अवस्थामा छन् । तराईको ग्रामीण क्षेत्र र पहाडी क्षेत्रका अधिकांश चर्पी अझैसम्म पनि प्रयोग हुन नसकेको कुरा जिल्ला सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय र …

Read More »

इलामका पर्यटकीयस्थल भरिभराउ

इलाम, ७ कात्तिक । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक …

Read More »

कैदीको मृत्यु

इनरुवा, ६ कात्तिक । सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा मत्स्यपोखरी गाविस–६ का ३५ वर्षीय कमलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो …

Read More »