आइतवार, चैत्र १३, २०७३
Home / पूर्व (page 4)

पूर्व

मोरङका विभिन्न पाँच स्थानीय तहमा मोर्चाको तालाबन्दी

विराटनगर, चैत ८ आसन्न स्थानीय तहको निर्वाचन बिथोल्ने उद्देश्यले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङका स्थानीय तहमा तालाबन्दी गरेको छ । मोर्चाले सोमबार जिल्ला समन्वय समिति मोरङलगायत केही गाउँपालिका र नगरपालिकामा समेत ताला लगाएको हो । मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समित र कटहरी गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । मोर्चा कार्यकर्ताले …

Read More »

पूर्वका विभिन्न क्षेत्रबाट लागूऔषधसहित ६ युवक पक्राउ

विराटनगर, चैत ८ मोरङको विराटनगर–२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बाह्रघरे–३, महेन्द्रनगरका १८ वर्षीय तेजबहादुर राई र १७ वर्षीय जित राईलाई ३ सय २० एम्पुल नाइट्रोसन ट्याब्लेटसहित पक्राउ गरिएको हो । त्यस्तै, सुनसरी धरान–७ शान्तिपथ …

Read More »

विश्व मुख स्वास्थ्य दिवस : विराटनगरमा निकालियो जनचेतनामूलक र्‍याली

किशोर विश्वकर्मा विराटनगर, चैत ७ ‘विश्व मुख स्वास्थ्य दिवस’को अवसरमा आज विराटनगरमा र्याली निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको आयोजनामा निकालिएको र्यालीमा नोवेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका दन्त चिकित्साका विद्यार्थी सहभागी थिए । उक्त र्यालीमा एसोसिएसनका डा. धीरेन्द्र गिरी, डा. दीपेन्द्र नौलाख, डा. आनन्द आचार्यलगायतको समेत सहभागिता …

Read More »

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको ज्यान गयो

सप्तरी, चैत ७ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ की १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृतक ठाकुर रूपनगरस्थित शंकर …

Read More »

दुर्घटनामा परी महिलाको मृत्यु

झापा, चैत ७ झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उपचारक्रममा मृत्यु भएको छ । गम्भीर घाइते दमक नगरपालिका–२ का ३० वर्षीया निता विष्टको गत राति विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएकी दमक–२ की २३ …

Read More »

सुनसरीमा ४ लाख २९ हजार मतदाता, ३ वर्षमा ६० हजार थपिए

सुनसरी, चैत ७ आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट ४ लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । यहाँ पछिल्लो ३ वर्षको अवधिमा झन्डै ६० हजार मतदाता थपिएका छन् । सुनसरीमा हालसम्ममा ४ लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी …

Read More »

लागूऔषधसहित युवक पक्राउ

सुनसरी, चैत ७ सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट आइतबार राति प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्रेको छ । पक्राउ पर्नेमा साइकलयात्री धरान उपमहानगरपालिका–११ बस्ने १७ वर्षीय विशाल राई रहेका छन् । उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाइजेल्याब १० एम्पुल, लुपिजेसिक १० एम्पुल बरामद गरेको छ । राईलाई अस्थायी प्रहरी पोस्ट तीनकुनेबाट …

Read More »

स्थानीय तहको निर्वाचन : मोरङमा ३ सय ६ मतदान केन्द्र, ४५ नयाँ केन्द्र थप्न प्रस्ताव

विराटनगर, चैत ७ सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । उक्त चुनावका लागि मोरङमा विभिन्न स्थानमा गरेर कूल ३ सय ६ वटा मतदान केन्द्र कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार मोरङको स्थानीय तहको संख्या तथा मतदाताको …

Read More »

विराटनगरमा मोटरसाइकलको ठक्करबाट परीक्षार्थी घाइते

विराटनगर, चैत ६ मोरङको विराटनगर–४, दुर्गा चोकस्थित भित्री सडकखण्डमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाइते भएकी छन् । घाइते हुनेमा साइकलमा सवार विराटनगर उपमहानगरपालिका–६ बस्ने १७ वर्षीया श्वेता दास रहेकी छन् । दासलाई पोखरीया माविमा एसइई परीक्षा दिन जानेक्रममा अल्फाबेट नखुलेको १३८१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । …

Read More »

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी, चैत ६ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा टिपरले ठक्कर दिँदा आज एक साइकल यात्रीको मृत्यु भएको छ । ना १ क ५३६५ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने २२ वर्षीय किसन सदाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई …

Read More »