बिहिबार, चैत्र १०, २०७३
Home / पूर्व (page 3)

पूर्व

दुर्घटनामा परी महिलाको मृत्यु

झापा, चैत ७ झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उपचारक्रममा मृत्यु भएको छ । गम्भीर घाइते दमक नगरपालिका–२ का ३० वर्षीया निता विष्टको गत राति विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएकी दमक–२ की २३ …

Read More »

सुनसरीमा ४ लाख २९ हजार मतदाता, ३ वर्षमा ६० हजार थपिए

सुनसरी, चैत ७ आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट ४ लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । यहाँ पछिल्लो ३ वर्षको अवधिमा झन्डै ६० हजार मतदाता थपिएका छन् । सुनसरीमा हालसम्ममा ४ लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी …

Read More »

लागूऔषधसहित युवक पक्राउ

सुनसरी, चैत ७ सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट आइतबार राति प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्रेको छ । पक्राउ पर्नेमा साइकलयात्री धरान उपमहानगरपालिका–११ बस्ने १७ वर्षीय विशाल राई रहेका छन् । उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाइजेल्याब १० एम्पुल, लुपिजेसिक १० एम्पुल बरामद गरेको छ । राईलाई अस्थायी प्रहरी पोस्ट तीनकुनेबाट …

Read More »

स्थानीय तहको निर्वाचन : मोरङमा ३ सय ६ मतदान केन्द्र, ४५ नयाँ केन्द्र थप्न प्रस्ताव

विराटनगर, चैत ७ सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । उक्त चुनावका लागि मोरङमा विभिन्न स्थानमा गरेर कूल ३ सय ६ वटा मतदान केन्द्र कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार मोरङको स्थानीय तहको संख्या तथा मतदाताको …

Read More »

विराटनगरमा मोटरसाइकलको ठक्करबाट परीक्षार्थी घाइते

विराटनगर, चैत ६ मोरङको विराटनगर–४, दुर्गा चोकस्थित भित्री सडकखण्डमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाइते भएकी छन् । घाइते हुनेमा साइकलमा सवार विराटनगर उपमहानगरपालिका–६ बस्ने १७ वर्षीया श्वेता दास रहेकी छन् । दासलाई पोखरीया माविमा एसइई परीक्षा दिन जानेक्रममा अल्फाबेट नखुलेको १३८१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । …

Read More »

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी, चैत ६ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा टिपरले ठक्कर दिँदा आज एक साइकल यात्रीको मृत्यु भएको छ । ना १ क ५३६५ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने २२ वर्षीय किसन सदाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई …

Read More »

धनुषामा मौरीको टोकाइबाट महिलाको मृत्यु

जनकपुर, चैत ६ धनुषाको लक्ष्मीनिवासमा मौरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ । लक्ष्मीनिवास–१, सोनापुर बस्ने ५८ वर्षीया सावित्रीदेवी महतोको ज्यान गएको हो । आइतबार दिउँसो बारीमा गएका बेला उनलाई शरीरको विभिन्न भागमा मौरीले टोकेको थियो । मौरी टोकेर बिरामी भएकी सावित्रीलाई उपचारनिम्ति अस्पताल लैजानेक्रमा बाटैमा उनको मृत्यु भएको परिवारले …

Read More »

विराटनगरको किराना पसलमा आगलागी, २५ लाख बराबरको क्षति

विराटनगर, चैत ६ मोरङको विराटनगरमा शनिबार एक किराना पसलमा आगलागी भएको छ । विराटनगर उपमहानगरपालिका–१७ बस्ने मलना अयोगको घरमा त्यसै ठाउँका बुधराम देवले सञ्चालन गरेको किराना पसलमा अचानक आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो । आगलागीबाट देवको नगद १ लाखसहित सम्पुर्ण किराना सामान जलेर नष्ट हुँदा सो …

Read More »

सासू–बुहारी हत्या प्रकरण : सुराक नमिल्दा घटना अनुसन्धानमा प्रहरी नै अलमलियो

किशोर विश्वकर्मा विराटनगर, चैत ६ विराटनगरसँगै सिमाना जोडिएको मोरङको कटहरी–१ मा व्यापारिक घरनाका सासू–बुहारीको हत्या गरिएको घटनाको अनुसन्धान जटिल बनेर गएको प्रहरीले बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले घटना अनुसन्धानमा प्रहरी नै अलमलमा परिरहेको बताए । घटनाबारे कुनै पनि सुराक मिल्न नसक्दा अभियुक्तको पहिचान जटिल बन्दै गएको …

Read More »

खोटाङ सामाजिक सेवा मञ्चमा भण्डारी

किशोर विश्वकर्मा विराटनगर, ५ चैत । खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको अधिवेशनले सर्वसहमति रुपमा नयाँ नेतृत्व चयन गरेको छ । विराटनगरस्थित दाहाल प्रतिष्ठानमा भएको चौथौ अधिवेशनले कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षतामा नयाँ नेतृत्व छनौट गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा भोजराज श्रेष्ठ, उपाध्यक्षमा राधा पोखरेल, सचिवमा घनश्याम पोखरेल, सहसचिवमा स्वर्णकान्त दाहाल …

Read More »