Home / पूर्व (page 10)

पूर्व

प्रधानमन्त्री दाहाल संक्रान्ति बजारको आगलागी क्षेत्रको निरीक्षणमा, राहत प्याकेज घोषणा गर्दै

तेह्रथुम, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार तेह्रथुमको संक्रान्ति बजारको आगलागी क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन् । गत पुस १ गते आगलागीले ध्वस्त भएको संक्रान्ति बजार क्षेत्रको निरीक्षण र पीडितलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री दाहाल मंगलबार संक्रान्ति पुगेका हुन् । आगलागी क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्री दाहालले दिउँसो स्थानीय त्रिमोहन …

Read More »

मोरङमा व्यावसायिक माछापालनमा युवाको आकर्षण बढ्दै

मोरङ, पुस १९ । मोरङका युवा किसानको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरू बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा किसानको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ किसानको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्नेक्रम बढेको छ । मोरङ केराबारी–९, देवीझोडाकी आशा लिम्बूले पनि …

Read More »

पूर्वको निर्यात तीन वर्षमा ११ अर्बले घट्यो, व्यापार घाटा निरन्तर बढ्दो

विराटनगर, पुस १९ विगत तीन वर्षको अवधिमा पूर्वबाट भारत र तेस्रो मुलुकतर्फ हुने निर्यात ११ अर्ब रुपैयाँले घटेको छ । कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएपछि निर्यात घटेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय, विराटनगरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा पूर्वका विभिन्न नाकाबाट ३७ अर्ब ४९ करोड …

Read More »

मोरङमा गोली प्रहार गरेर रकम लुटियो

विराटनगर, पुस १९ । मोरङको विराटनगर–१९ जोगवनी–विराटनगर सडकखण्डस्थित पिपलचौकमा सोमबार राति अज्ञात समूहद्वारा एक मनि चेन्जर सञ्चालकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट विराटनगर–२१ स्थित कृतेश मनि चेन्जरका सञ्चालक विराटनगर–१९ बस्ने ४० वर्षका बटेस साह घाइते भएका छन् । राति करिब साढे ८ बजे को११प २३७४ नम्बरको मोटरसाइकल चढेर …

Read More »

सप्तरीमा गाँजा फँडानी अभियान

विराटनगर, पुस १८ । सप्तरीमा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत महिनादिनको अवधिमा दुई नगरपालिका तथा ३५ गाविसका विभिनन वडामा १६ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको छ । अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा मातहत विभिन्न प्रहरी इकाइका प्रहरीले राजविराज र कञ्चनपुर नगरपालिका तथा बैरवा, कल्याणपुर, इनर्वा, फुलबडिय, हर्दिया, पिप्रा पश्चिम, …

Read More »

आगलागीबााट घर जल्दा लाखौंको क्षति

लहान, पुस १८ । सिरहाको लहानमा गत राति आगलागी हँुदा करिब ३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एउटा गोरु, एउटा बाछा र एउटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ …

Read More »

सगरमाथा क्षेत्रमा पर्यटक बढे, पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु, पुस १८ । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४ सय ६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६ सय ९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय, …

Read More »

विराटनगरमा ५० लाख लगानीमा अत्याधुनिक क्याफे

विराटनगर, पुस १८ विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले साउथ एसियन स्कुल अफ् टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विराटनगरको ट्राफिक चोकमा बेकरी क्याफे सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको अवसर पारेर आइतबारदेखि अत्याधुनिक क्याफे सञ्चालनमा ल्याएको हो । कलेजमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप गर्न र व्यवहारिक सीप सिकाउने उद्देश्यले बेकरी क्याफे …

Read More »

आगलागीबाट घर जल्दा १० लाखको क्षति

विराटनगर, पुस १७ । आगलागीबाट घर तथा भान्सा जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ । इवा–९ बस्ने गंगाप्रसाद उप्रेतीको भान्सामा शुक्रबार राति अचानक आगलागी हुँदा उनको घरसहित रहेको सम्पूर्ण सामान जलेका छन् । आगलागीबाट उप्रेतीको १० लाख बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी र प्रहरीको …

Read More »

खुकुरी प्रहार गरी वन रक्षकको हत्या

ताप्लेजुङ, पुस १७ । निजी र सामुदायिक वनबारे उत्पन्न विवादले उग्र रूप लिँदा ताप्लेजुङमा आज सरकारी वन रक्षकको खुकुरी प्रहार गरी हत्या गरिएको छ । सदरमुकामबाट ४ कोष टाढा पर्ने खोक्लिङ–८ मा अवस्थित इलाका वन कार्यालयमा कार्यरत जुम्ला घर भएका वन रक्षक गणेश शाहीको आज बिहान ११ बजे हत्या भएको …

Read More »