Rumpum Advertisement
Dazzu

छानिए उत्कृष्ट १५ करदाता

छानिए उत्कृष्ट १५ करदाता

विराटनगर, ८ मंसिर । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ ।

आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो । आयकरतर्फ आर्थिक वर्ष २०७५।७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६।७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

चार वर्षदेखि लगातार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर सिद्धार्थ शमशेर राणाले तिर्दै आएका थिए । यस पटक भने शाहले राणालाई उछिनेर गत वर्ष सर्वाधिक कर तिरेको भन्दै सरकारले शाहलाई उत्कृष्ट करतादाका रूपमा सम्मानित गर्न लागेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार आन्तरिक राजस्व विभागमा भएको नवौं कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो । सरकारले हरेक वर्ष १ मंसिरमा राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

तर, यस पटक १ मंसिरमा तिहारको बिदा परेको र कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो औपचारिक कार्यक्रम भने हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर वर्षमा सबैभन्दा धेरै कर बुझाएर योगदान पुर्याउने उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।

गत वर्ष सबैभन्दा धेरै आयकर बुझाएर उत्कृष्ट हुने कम्पनीमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल परेको छ । सूर्य नेपाल कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड रुपैयाँ आयकर बुझाएको थियो । यसैगरी, यस कम्पनीले भ्याटतर्फ पनि ३ अर्ब ८७ करोड कर तिरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ