Rumpum Advertisement
Dazzu

बलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु

बलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु

विराटनगर, ८ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका– ६ मा बलेरो जीपको ठक्करबाट आइतबार साँझ पैदल यात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज ३११९ नम्बरको बलेरोले ठक्कर दिँदा सडक पार गर्दै गरेका अन्दाजी ३२ वर्षीय केवल खवासको मृत्यु भएको छ । बलेरोको ठक्करबाट तेह्रथुम आठराई घर भई हाल बिर्तामोड–६ बुट्टाबारीमा बस्दै आएका खवास गम्भीर घाइते भएका छन् ।

उनको उपचारका क्रममा बी एण्ड सी अस्पतालमा साँझ ६ः३५ बजेतिर मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बलेरो र चालक पाँचथरको हिलिहाङ गाउँपालिका– ५ का २५ वर्षीय गोपाल पांथकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ