Rumpum Advertisement
Dazzu

एक लाख बढी संक्रमितको अवस्था गम्भीर

एक लाख बढी संक्रमितको अवस्था गम्भीर

विराटनगर, ८ मंसिर । विश्वमा कोरोना भाइरसबाट संक्रमित बनेकामध्ये एक लाख बढीको अवस्था गम्भीर रहेको छ ।

विश्वमा कोरोनाका कारण हालसम्म पाँच करोड ८९ लाख ६३ हजार नौ सय ४८ जना संक्रमित बनेका छन् । संक्रमितमध्ये चार करोड सात लाख ५० हजार सात सय ८० हजार जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज भएर कोरोना मुक्त हुँदै घर फर्किएका छन् ।

एक करोड ६८ लाख १९ हजार नौ सय ८३ जनाको उपचार भइरहेकोमा एक लाख दुई हजार नौ सय नौ जनाको अवस्था गम्भीर रहेको हो । संक्रमितमध्ये हालसम्म १३ लाख ९३ हजार एक सय ८५ जनाको मृत्यु भइसकेको छ । एकै दिन सात हजार तीन सय ६७ संक्रमितको ज्यान गयो । पछिल्लो २४ घण्टाभित्र विश्वमा चार लाख ८२ हजार चार सय ३५ नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा २२ हजार नौ सय ५९ संक्रमितको अवस्था चिन्ताजनक रहेको छ । हालसम्म एक करोड २५ लाख ८३ हजार चार सय १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७४ लाख ४७ हजार चार सय ६१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

४८ लाख ७३ हजार दुई सय ६६ जना उपचाररत रहेकोमा २२ हजार नौ सय ५९ जनाको अवस्था गम्भीर रहेको हो । संक्रमितमध्ये दुई लाख ६२ हजार छ सय ९१ जनाको मृत्यु भइसकेको छ । एकै दिन आठ सय ६१ जनाले ज्यान गुमाए । अमेरिकामा एकै दिन एक लाख ३१ हजार तीन सय ८४ जना नयाँ संक्रमित थपिएको वाल्डो मिटरले जनाएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमण पुष्टि भएकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । हालसम्म ९१ लाख ४० हजार तीन सय १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ८५ लाख ६१ हजार चार सय ४४ जना उपचारपछि घर फर्किएका छन् ।

चार लाख ४५ हजार ९५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको हो । संक्रमितमध्ये एक लाख ३३ हजार सात सय ७३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच सय १० जनाको ज्यान गयो । एकै दिन ४४ हजार चार सय चार जना नयाँ संक्रमित थपिए ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ६० लाख ७१ हजार चार सय एक पुगेको छ । संक्रमितमध्ये ५४ लाख ३२ हजार पाँच सय पाँच जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज भएर कोरोना मुक्त हुँदै घर फर्किएका छन् । चार लाख ६९ हजार छ सय ९९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमितमध्ये एक लाख ६९ हजार एक सय ९७ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक सय ८१ संक्रमितको मृत्यु भयो । पछिल्लो २४ घण्टामा १८ हजार छ सय १५ नयाँ संक्रमित थपिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ