Rumpum Advertisement
Dazzu

बासिलोनालाई समस्या : रोबर्टो पनि दुई महिना मैदानबाहिर

बासिलोनालाई समस्या : रोबर्टो पनि दुई महिना मैदानबाहिर

विराटनगर, ७ मंसिर । ला लिगाअन्तर्गत शनिबार राति भएको एथ्लेटिको मड्रिडसँगको खेलपछि बार्सिलोनामाथि समस्यामाथि समस्या थपिएको छ ।

एथ्लेटिकोको मैदानमा पराजयसँग भोगेको बार्सिलोनाले आफ्ना दुई डिफेन्डरलाई लामो समयसम्म गुमाउने भएको छ ।

गए राति भएको खेलमा बार्सिलोना एथ्लेटिकोसँग १–० गोलले पराजित भएको थियो । घरेलु टोली एथ्लेटिकोको जितमा यानिक कर्रास्कोले निर्णायक गोल गरेका थिए ।

सो खेलमा स्पेनिस डिफेन्डरद्वय जेरार्ड पिके र सर्जी रोबर्टोले घाइते भएका थिए । सो खेलको ६२औं मिनेटमा पिके घाइते हुन पुगेका थिए ।

एथ्लेटिकोका एन्जल कोरेर्या पिकेको खुट्टामाथि लड्न पुगेका थिए, जसबाट उनले दाहिने घुँडाको गम्भीर चोट बोकेको बताइएको छ । अब पिकेले तीनदेखि छ महिनासम्म मैदानबाहिर रहनुपर्ने भएको छ ।

यसैगरी एथ्लेटिकोसँगको खेलका क्रममा तीघ्रामा चोट बोकेका रोबर्टोले करिब दुई महिना मैदानबाहिर बस्नुपर्ने देखिएको छ । क्लबले आइतबार विज्ञप्ति निकाल्दै दाहिने तीघ्रामा चोट बोकेका उनले दुई महिना मैदानबाहिर रहनुपर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ