Rumpum Advertisement
Dazzu

ओली सरकारसँग सम्झौता नगर्न देउवालाई आग्रह

ओली सरकारसँग सम्झौता नगर्न देउवालाई आग्रह

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताको नजरमा इतिहासकै असफल केपी शर्मा ओली सरकारसँग सम्झौता नगर्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटघाटलाई इंगित गर्दै सरकारसँग सम्झौता नगर्न आग्रह गरे ।

नेकपाभित्र संकट बढ्दै गएपछि प्रधानमन्त्री ओलीले आज देउवासँग भेट गरी छलफल गरेका थिए ।

‘हामीले बारम्बार ओली प्रवृत्तिलाई इन्कार गरेका छौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाइसकेको निर्णय गरिसकेको छ । जन नजरमा इतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस् । हेक्का रहोस्, कांग्रेस एउटा व्यक्ति होइन, लाखौं शहीदको बलिदानले बनेको संस्था हो । पाँच वर्ष हामी प्रतिपक्षमा रहन्छौं ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ