Rumpum Advertisement
Dazzu

स्वास्थ्य मन्त्रालयले भन्यो : परीक्षणका लागि लिइएका सबै नमूना भण्डारण गर्नू

स्वास्थ्य मन्त्रालयले भन्यो : परीक्षणका लागि लिइएका सबै नमूना भण्डारण गर्नू

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको परीक्षण गर्न लिइएका सबै नमूनाहरू भण्डारण गरी राख्न सम्पूर्ण प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमणको परीक्षणका लागि लिइएका नमूनाको नतिजासमेत खुलाई भण्डारण गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले सबै अस्पताल तथा प्रयोगशालाहरूले नेगेटिभ नतिजा आएका नमूना एक महिना र पोजेटिभ नतिजा आएका नमूना ३ महिनासम्म भण्डार गरी राख्नुपर्ने बताए ।

यस्तै नमूना परीक्षण भण्डारण गर्ने निर्णय पालना नगरेको पाइएका चार अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेको छ ।

प्रा.डा गौतमले निर्णय पालना नगरेका स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण माग गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ