Rumpum Advertisement
Dazzu

कमल थापाले भने : रत्नपार्कको नाम फेर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत

कमल थापाले भने : रत्नपार्कको नाम फेर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत

काठमाडौं, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले यस्तो जनाएका हुन्।

उनले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ । निर्णय सच्याईयोस् । जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं ।’

‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए हाम्रोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ,’, उनले लेखेका छन्, ‘यो निर्णय पुनर्विचार गरियोस् । द्वन्द्व निम्त्याउने काम नहोस् । इनफ इज इनफ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ