Rumpum Advertisement
Dazzu

बाबुराम र हिसिला कोरोना संक्रमणमुक्त

बाबुराम र हिसिला कोरोना संक्रमणमुक्त

काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले आफूहरू एक महिनापछि कोरोनाबाट मुक्त भएकाे जानकारी दिए ।

‘एक महिनापछि कोभिड-१९ संग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो’, उनले ट्वीटरमा लेखेका छन्, ‘यो युद्धविराम हो, विजय हैन । यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ । अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं ।’

पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ