Rumpum Advertisement
Dazzu

नोभाभ्याक्सको खोपले बाँदरमा कोरोना सर्न रोकेको दाबी, मानिसमा परीक्षण हुने

नोभाभ्याक्सको खोपले बाँदरमा कोरोना सर्न रोकेको दाबी, मानिसमा परीक्षण हुने

विराटनगर, ७ मंसिर । खोप विकास गरिरहेको एक अमेरिकी कम्पनीले आफूले बनाएको खोपले काम गर्ने आशा प्रकट गरेको जनाएको छ ।

नोभाभ्याक्सले बाँदरमा गरेको खोप परीक्षणमा रिसस मकाक बाँदरबीच भाइरस संक्रमण रोकिएपछि मानिसलाई पनि उक्त खोपले काम गर्ने आशा प्रकट गरेको जनाएको हो ।

कोरोनाको महामारी अन्त्य गर्नका लागि यसबाट सहयोग पुग्ने देखिएपछि नोभाभ्याक्सले अब यस्तै असर मानिसमा पनि पर्छ कि पर्दैन भनेर अध्ययन सुरु गर्ने भएको छ ।

नोभाभ्याक्सका अनुसन्धान तथा विकास अध्यक्ष डा. ग्रेगोरी ग्लेनका अनुसार बाँदरमा देखिएजस्तो असर मानिसमा पनि देखिए खोप सफल हुने थियो ।

मुसामा सफल परीक्षणपछि, नोभाभ्याक्सले एक दर्जन रीसस मकाक बाँदरलाई कोभिडबाट संक्रमण हुनुअघि तीन हप्ताको अन्तरालमा विभिन्न खोपको मात्रामा दुई डोज दिइएको थियो ।

खोपको सबैभन्दा कम डोज प्राप्त गर्ने बाँदरबाहेक भाइरसले अन्यलाई बिरामी बनाउन सकेन । उक्त एक बाँदरको फोक्सोमा भाइरसले संक्रमण गरेको थियो, जुन चार दिनभित्र संक्रमणमुक्त भएको थियो ।

डा. ग्लेनका अनुसार दिइएको खोपले बनाएको एन्टिबडी निकै कडा छन् । उनीहरूमा विकास भएको प्रतिरोध क्षमताले भाइरसलाई बाँदरको फोक्सोबाट नाकमा पुग्न र कोभिड फैलाउने रोक्न मद्दत गरेको पाइयो ।

बाँदरहरू सामान्यतया अमेरिकी खोप र औषधि अध्ययनमा प्रयोग हुन्छन् र मानव क्लिनिकल परीक्षणको अघि अन्तिम चरण प्रतिनिधित्व गर्छन् ।

मानव जस्तो नभई बाँदरहरूले केवल कोभिड-१९ का हल्का लक्षण मात्र अनुभव गर्छन् ।

बाँदर र मानिसमा भाइरसले बेग्लै असर पार्ने हुँदा बाँदरमा परीक्षण सफल भएको कुरा उत्साहजनक भए पनि सतर्कता अपनाउनुपर्ने कुरामा वैज्ञानिकहरूले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ