Rumpum Advertisement
Dazzu

फुलह्यामलाई हराउँदै इभर्टन छैटौं स्थानमा उक्लियो

फुलह्यामलाई हराउँदै इभर्टन छैटौं स्थानमा उक्लियो

विराटनगर, ७ मंसिर । इंग्लिस प्रिमियर लिगमा इभर्टनले पाँचौं जित निकालेको छ । आइतबार भएको खेलमा इभर्टनले फुलह्याममाथि ३–२ गोलको जित निकालेको हो ।

फुलह्यामको मैदामा इभर्टनले सुरुआी अग्रता बनाएको थियो । खेलको पहिलो मिनेटमा नै डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै इभर्टनलाई सुरुआती अग्रता दिलाए ।

१५औं मिनेटमा फुलह्यामका बोबी रेइडले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । २९औं मिनेटमा काल्भर्ट लेविनले दोस्रो गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा अबडौलाय डाउकोरेले गोल गरेपछि पहिलो हाफभरि फुलह्यामले ३–१ गोलको अग्रता बनायो । खेलको ६८औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पाएको थियो । जसमा इभान काभालेइरो असफल हुन पुगे ।

७०औं मिनेटमा रुबेन लफ्टस–चेकले गोल गर्दै फुलह्यामलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा इभर्टनले जित निकालेको हो ।

जितसँगै इभर्टन छैटौं स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १६ अंक जोडेको छ । पराजित फुलह्याम भने ४ अंकका साथ १७औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ