Rumpum Advertisement
Dazzu

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न आतुर छ ताप्लेजुङको घुन्सा

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न आतुर छ ताप्लेजुङको घुन्सा

ताप्लेजुङ, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि ताप्लेजुङको पर्यटकीय गाउँ घुन्सा झकिझकाउ बनाइएको छ ।

प्रधानमन्त्री ओली सोमबार बिहान १० बजे फक्ताङलुङ गाउँपालिका-६ स्थित घुन्सा आउने कार्यक्रम छ । ओलीको स्वागतका लागि स्टेज निर्माण, ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

घुन्सा फउण्डेसनले निर्माण गरेको स्वास्थ्य भवन उद्घाटन तथा तिब्बतको सीमावर्ती क्षेत्र ओलाङलुङगोलाको निरिक्षणका लागि प्रधानमन्त्री ओली आउन लागेका हुन् ।

आफ्नो गाउँमा प्रधानमन्त्री आउने भएपछि कञ्चनजंघा हिमालको फेदमा रहेको बस्ती घुन्साका बासिन्दा उत्साहित भएका छन् । यहाँका बासिन्दाले आफ्नो घर टोलमा सरसफाइ गरेका छन् । सो कार्यक्रमलाई मध्यनजर गर्दै यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई आउने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ