Rumpum Advertisement
Dazzu

वीरगञ्जको सीमा क्षेत्रमा तस्कर र प्रहरीबीच झडप, असइ घाइते

वीरगञ्जको सीमा क्षेत्रमा तस्कर र प्रहरीबीच झडप, असइ घाइते

वीरगञ्ज, ७ मंसिर । वीरगञ्जको नेपाल-भारत सीमा नजिकै प्रहरी र तस्करबीच झडप भएको छ । भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिनेक्रममा आइतबार अपरान्ह भएको सो झडपमा अस्थाई प्रहरी चौकी इनर्वाका इन्चार्ज जयप्रकाश पाण्डे घाइते भएका छन् ।

तस्करहरूको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चोट लागेको छ । घाइते पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीलाई कुटपिट गर्ने दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तस्कर फरार रहेका छन् ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज छपकैयाका मुन्ना सेट्टी र मीनादेवी रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए ।

प्रहरीलाई कुटपिट गर्ने अन्य तस्कर समूहको खोजी भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ