Rumpum Advertisement
Dazzu

तेक्वोन्दो संघ पाँचथरको अध्यक्षमा तुम्बापो

तेक्वोन्दो संघ पाँचथरको अध्यक्षमा तुम्बापो

विराटनगर, ७ मंसिर । नेपाल तेक्वाण्डो महासंघ (आइ.टि.एफ.) पाँचथरको अध्यक्षमा दीपेन्द्र तुम्बापो चयन भएका छन् । आइतबार पाँचथरमा भएको भेलाले तुम्बापोको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मनोज खती, हर्कबहादुर तुम्बापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश निरौला चयन भएका छन् । त्यस्तै सदस्यमा धारणा नेम्वाङ र नयन आङ्वो छन् ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ आइटिएफ तेक्वान्दो संघका अध्यक्ष प्रवीणकुमार कार्की, जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यलय सचिव मातृकाप्रसाद दाहालको उपस्थीतिमा तेक्वान्दोको विकासका लागि जिल्लास्तरीय समिति गठन भएको हो ।

संघका अध्यक्ष कार्कीले नयाँ नेतृत्वले तेकन्दो खेलको विकासमा योगदान पुर्‍याउने बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ