Rumpum Advertisement
Dazzu

प्रदेशमा २१४ संक्रमित थपिए, ३११ संक्रमण मुक्त

प्रदेशमा २१४ संक्रमित थपिए, ३११ संक्रमण मुक्त

विराटनगर, ७ मंसिर । प्रदेश १ मा २१४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना संक्रमित थपिएका हुन ।

मोरङको विराटनगरमा ३४, सुन्दरहरैचामा १३, रंगेलीमा ६, पथरीशनिश्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३–३, बुढीगंगा र उर्लाबारीमा २–२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १–१ जना संक्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५–५, विर्तामोड र मेचीनगरमा ४–४, गौरादह र कनकाईमा २–२, गौरीगञ्जमा १, संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १–१, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ