Rumpum Advertisement
Dazzu

कोरोनाविरुद्धको खोप मोडर्नाको मूल्य ३७ डलर पर्न सक्ने

कोरोनाविरुद्धको खोप मोडर्नाको मूल्य ३७ डलर पर्न सक्ने

विराटनगर, ७ मंसिर । कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको दावी गरेको मोडर्ना खोपको मूल्य तोकिएको छ । केही दिन अघिमात्र अन्तिम चरणको परीक्षणमा ९४.५ प्रतिशत सफल भएको खोपको सम्भावित बजार मूल्य तोकिएको हो ।

मोडर्ना भ्याक्सिनका प्रमुख कार्यकारी अधिकृत स्टेफन बानसेलका अनुसार सम्बन्धित देशको सरकारले कोभिड १९ को भ्याक्सिन खरिद गर्न चाहेको खण्डमा प्रति डोज २५ देखि ३७ डलरसम्म मूल्य पर्नेछ । ‘हाम्रो भ्याक्सिनको मूल्य अरु फ्लूको भ्याक्सिनकै हाराहारीमा रहेको छ, जसको मूल्य २० देखी ५० डलरसम्म पर्दछ,’ स्टिफनले भने ।

मोडर्नासँग भएको छलफलमा संलग्न एक ईयुका अधिकारले भने कि प्रति डोज २५ डलरभन्दा कम मूल्यमा मोडर्ना भ्याक्सिन उपलब्ध गराए दशौं लाखको संख्या खरिद हुने बताए । ‘हामीले कुनै हस्ताक्षर गरिसकेका छैनौं, तर ईयु कमिसनसँग सहमतिको नजिक पुगेका छौं । हामी युरोपलाई भ्याक्सिन उपलब्ध गराउन चाहन्छौं र यसका लागि सकारात्मक छलफलहरु अघि बढिरहको छ । अब यसको लागि केही दिन मात्र लाग्छ,’ बान्सेलले भने ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ