Rumpum Advertisement
Dazzu

मधुमेह भएकालाई ग्रिन टी फाइदाजनक

मधुमेह भएकालाई ग्रिन टी फाइदाजनक

विराटनगर, ७ मंसिर । मधुमेह बिरामीको जीवनमा रगतमा चिनीको स्तर नियन्त्रण गर्नु नै महत्वपूर्ण हुन्छ ।

मधुमेहका लक्षण नियन्त्रण गर्न र स्वस्थ जीवन जिउनका लागि एक चिनी रोगीले आफूले खाइरहेको आहारमा के–के छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । मधुमेह रोगीले आफ्नो दैनिक खाने खाना सामान्यतया क्यालरी र कार्ब्सको मात्रालाई कम गर्नुपर्छ । तर, पिउने पेयमा भने क्यालरीको मात्रा शून्य वा धेरै नै कम हुनुपर्छ ।

एक जापनिज अध्ययनका अनुसार ग्रिन टीले मधुमेह हुने खतरा कम गरी रगतमा चिनीको स्तर नियन्त्रण गर्नसमेत मद्दत गर्छ । अर्को अध्ययनअनुसार ग्रिन टीले रगत चिनीको स्तरलाई ठिक्क मात्रामा राखी मधुमेहका लक्षणलाई बढ्नबाट रोक्छ । ग्रिन टीको नियमित सेवनले खाली पेटको ग्लुकोजको र इन्सुलिनको स्तरलाई कम गर्छ ।

मुख्यतः पोलिफेनोल र पोलिसेकेराइड्सको एन्टिअक्सिडेन्ट गतिविधिका कारण ग्रिन टीका धेरै फाइदा छन् । यी दुई एन्टिअक्सिडन्टले मधुमेहलाई नियन्त्रण गर्नुका साथै रक्तचापको स्तर प्रबन्ध गर्न र शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न पनि प्रभावकारी देखिएको छ । ग्रिन टी स्वस्थ भएको हुँदा यसले मधुमेहपीडित बिरामीमा कुनै प्रकारको साइड–इफेक्ट हुने देखाएको छैन ।

तर, क्याफिनको थोरै मात्रा समावेश भएको हुँदा ग्रिन टीको सेवनबारे सावधान हुनुपर्छ । ग्रिन टीलाई दिनको २ देखि ३ पटकसम्म पिउन सकिन्छ । अधिकतम स्वास्थ्य लाभका लागि ग्रिन टीमा चिनी थप्नु हुँदैन । फरक स्वादका लागि ग्रिन टीमा केही कागती वा पुदिनाका पत्ता थप्न सकिन्छ । २ मिनेटभन्दा बढी भिजाइएको ग्रिन टी तितो हुन सक्छ । ग्रिन टी व्यागको साटो ग्रिन टिको पातको प्रयोगले अधिकतम स्वास्थ्य लाभ दिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ