Rumpum Advertisement
Dazzu

राष्ट्रिय पुरुष क्रिकेट टोलीको कोरोना परीक्षण सोमबार

राष्ट्रिय पुरुष क्रिकेट टोलीको कोरोना परीक्षण सोमबार

काठमाडौं, ७ मंसिर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको कोरोना भाइरस परीक्षण भोलि (सोमबार) हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणको तयारीमा रहेका २२ खेलाडीहरूको कोरोना परीक्षणे भोलि हुने जनाइएको छ ।

१० मंसिरबाट काठमाडौंमा बन्द प्रशिक्षण सुरु गर्ने योजनाअनुसार कोरोना परीक्षण गर्न लागेको क्यानमा सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ ।

हाल आ–आफ्नै घरमा रहेका खेलाडीहरू कोरोना परीक्षणपछि क्यानले व्यवस्था गरेको होटलमा बस्नेछन् ।

क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई १० मंसिर देखि बन्द प्रशिक्षणमा बोलाएको हो । कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला हुने भएको हो ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन् । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किएका छन् ।

नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ