Rumpum Advertisement
Dazzu

खेलाडीको चोटले सिथिल लिभरपुल, आज लेइस्टरसँग भिड्दै

खेलाडीको चोटले सिथिल लिभरपुल, आज लेइस्टरसँग भिड्दै

विराटनगर, ७ मंसिर । इंग्लिस प्रिमियर लिगमा आज साविक विजेता लिभरपुल प्रतिस्पर्धामा छ । राति १ बजे हुने खेलमा लिभरपुलले लेइस्टर सिटीसँग खेल्न लागेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा हुने सो खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने दाउमा हुनेछन् । हाल लेइस्टर १८ अंकका साथ तेस्रो स्थानमा छ भने १७ अंक भएको लिभरपुल चौथो स्थानमा छ ।

यस खेलमा लिभरपुल दबाबमा देखिएको छ । खेलाडीको चोटका कारण जर्गेन क्लोप नेतृत्त्वको टोली लिभरपुल दबाबमा परेको हो । लिभरपुलका जोय गोमेज घुँडाको गम्भीर चोटका कारण मैदानबाहिर छन् ।

जोर्डन हेन्डरसन पनि घाइते छन् भने मोहम्मद सालाह कोरोना संक्रमण भएका कारण टोलीबाहिर छन् । यसैगरी भर्जिल भान डाइक चोटका कारण लेइस्टरसँगको खेलमा हुनेछैनन् ।

आज लिभरपुल र लेइस्टरबाहेक आर्सनल र इभर्टन पनि प्रतिस्पर्धामा छन् । इभर्टनले साँझ ५ः४५ बजे फुलह्यामसँग खेल्नेछ । आर्सनलले भने राति १०ः१५ बजे लीड्स युनाइटेडसँग खेल्नेछ । यस्तै साँझ ७ः४५ बजे शेफिल्ड युनाइटेडले वेस्ट ह्यामसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ