Rumpum Advertisement
Dazzu

चार मिनेट अन्तरमा दुई गोल गर्दै जिताएपछि प्रशिक्षकले यसरी गरे रोनाल्डोको तारिफ

चार मिनेट अन्तरमा दुई गोल गर्दै जिताएपछि प्रशिक्षकले यसरी गरे रोनाल्डोको तारिफ

विराटनगर, ७ मंसिर । पोर्चुगिज स्टार क्रिस्टिायानो रोनाल्डो चम्किएपछि इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको थियो ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा युभेन्टसले क्याग्लिआरीमाथि २–० गोलको जित दर्ता गरेको हो । घरेलु टोलीको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे ।

उनले चार मिनेटको अन्तरमा दुई गोल गरे । खेलको ३८औं मिनेटमा अल्भारो मोरोटाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै ४२औं मिनेटमा मेरिह डेमिरालको असिस्टमा रोनाल्डाले दोस्रो गोल गर्दै युभेन्टसलाई जिताए ।

खेलपछि युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डोको प्रशंसा गरे । ‘उनी एक महान् व्यवसायिक खेलाडी हुन्, यो कुरा हामीलाई थाहा नै छ’, पिर्लोले ‘डीएजेडएन’सँग भने ।

‘उनी एक वास्तविक विजेता हुन् र नजिक भएका सबैका लागि उनी उदाहरणीय छन् । प्रशिक्षणमा होस् वा खेल मैदानमा होस् । उनलाई म सुझाव मात्र दिन सक्छु । उनी आफ्नै तरिकाले अगाडि बढिरहन्छन्’, उनले थपे ।

यसैगरी पिर्लोले रोनाल्डोको प्रतिभा प्राकृतिक नभएको उल्लेख गर्दै उनी युभेन्टसमा रहनु आफूहरूको भाग्य भएको सुनाए ।

‘उनले अभ्यासका क्रममा र खेलका दौरान मलाई सक्षमता प्रदान गरेका छन् । उनको उद्देश्य नै गोल हो । उनको प्रतिभा प्राकृतिक होइन । हामी भाग्यमानी छौं कि उनी युभेन्टसमा छन्,’ उनले भने ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ