Rumpum Advertisement
Dazzu

मोउकोको बने बुन्डेसलिगामा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी

मोउकोको बने बुन्डेसलिगामा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी

विराटनगर, ७ मंसिर । बोरुसिया डर्टमुण्डका युसुफा मोउकोको जर्मन बुन्डेसलिगामा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

गए राति भएको हेर्थाविरुद्धको खेलबाट बुन्डेसलिगामा डेब्यू गरेका क्यामरुनका फरवार्डले सो कीर्तिमान बनाएका हुन् ।

शनिबार राति नर्वेजियन फरवार्ड इयर्लिङ ब्राउल्ट हालाण्डले ह्याट्रिकसहित चार गोल गर्दा डर्टमुण्डले हेर्थामाथि ५–२ गोल अन्तरको जित निकालेको थियो ।

हेर्थाको मैदानमा डर्टमुण्डका लागि अर्को एक गोल भने राफेल गुएरेर्रोले एक गोल गरेका थिए । घरेलु टोलीका मेथस कुन्हाले दुई गोल गरे ।

सो खेलको ८५औं मिनेटमा हालाण्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका मोउकोको बुन्डेसलिगामा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

उनले डर्टमण्डकै नुरी साहिनको कीर्तिमान तोडे । साहिनले १६ वर्ष ११ महिना हुँदा डेब्यू गरेका थिए ।

यसै शुक्रबारबाट मात्र १६ वर्ष टेकेका मोउकोकोले १६ वर्ष एक दिनको दिन नै सो कीर्तिमान आफ्नो नाममा सारेका हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ