Rumpum Advertisement
Dazzu

बार्सिलोनाको प्रदर्शन २५ वर्षयताकै खराब !

बार्सिलोनाको प्रदर्शन २५ वर्षयताकै खराब !

विराटनगर, ७ मंसिर । स्पेनिस फुटबल क्लब बार्सिलोना २५ वर्षयताकै खराब लयमा देखिएको छ । यस सिजन राम्रो सुरुआत गर्न नसकेको बार्सिलोना शनिबार राति एथ्लेटिको मड्रिडसँग पराजित भयो ।

गए राति भएको खेलमा बार्सिलोना एथ्लेटिकोसँग १–० गोलले पराजित भयो । एथ्लेटिकोको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन यानिक कर्रास्कोले निर्णायक गोल गरेका थिए ।

डच प्रशिक्षक रोनाल्ड कोइम्यान नेतृत्त्वको बार्सिलोनाले यस सिजन ८ खेल खेलेको छ । जसमा उसले ३ खेलमा जित, २ खेलमा बराबरी र ३ खेलमा पराजय भोगेको छ ।

२६ पटकको ला लिगा विजेता बार्सिलोनाले २४ अंक निकाल्नुपर्नेमा मात्र ११ अंक बनाएको छ । ऊ अंक तालिकाको दसौं स्थानमा छ ।

यससँगै ऊ २५ वर्षयताकै कमजोर देखिएको छ । १९९५–९६ मा बार्सिलोनाले खराब सुरुआत गरेको थियो । यसैगरी २००२–०३, २००३–०४ मा पनि बार्सिलोनाको सुरुआत ठीक थिएन ।

तथापि, त्यतिबेला बार्सिलोनाले सुरुआती आठ खेलमध्ये तीन खेलमा जित, तीन खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको थियो । कोइम्यानले नेतृत्त्व गर्दा पराजय पनि एक थपिएको छ । आठ खेलमध्ये तीन खेलमा पराजित हुनु भनेको बार्सिलोनाका लागि धेरै पनि हो ।

२०००–०१ को सिजनमा बार्सिलोना सुरुआती आठमध्ये तीन खेलमा हारेको थियो । तर, ४ खेलमा जित र एक खेलमा बराबरी गर्दै बार्सिलोनाले १३ अंक बनाएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ