Rumpum Advertisement
Dazzu

पिके ६ महिना मैदानबाहिर रहने सम्भावना

पिके ६ महिना मैदानबाहिर रहने सम्भावना

विराटनगर, ७ मंसिर । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले करिब ६ महिना मैदानबाहिर रहनुपर्ने सम्भावना देखिएको छ ।

स्पेनिस ला लिगामा शनिबार राति एथ्लेटिको मड्रिडसँगको खेलमा घाइते भएका डिफेन्डर पिकेले लामो समय मैदानबाहिर रहनुपर्ने देखिएको हो ।

गए राति भएको खेलमा बार्सिलोना एथ्लेटिकोसँग १–० गोलले पराजित भएको थियो । एथ्लेटिकोको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन यानिक कर्रास्कोले निर्णायक गोल गरेका थिए ।

सो खेलको ६२औं मिनेटमा पिके घाइते हुन पुगेका थिए । एथ्लेटिकोका एन्जल कोरेर्या पिकेको खुट्टामाथि लड्न पुगेका थिए, जसबाट उनले दाहिने घुँडाको गम्भीर चोट बोकेको बताइएको छ ।

पिकेले यस सिजन ला लिगा ८ र च्याम्पियन्स लिगमा २ गरी बार्सिलोनाका लागि १० खेल खेलेका छन् ।

बार्सिलोनामाथि जित निकालेसँगै एथ्लेटिकोले ८ खेलबाट २० अंक बनाएको छ । एथ्लेटिकाे दोस्रो स्थानमा छ । समान खेल खेलेको बार्सिलोना ११ अंकका साथ दसौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ